काठमाडौं । दुई महिना नपुग्दै चार जिल्लाका प्रहरी प्रमुख फेरिएका छन् । सर्लाहीका एसपी दयानिधि ज्ञवालीलाई प्रहरी केन्द्रीय विशेष कार्यदल काठमाडौंमा तानेर रवीन्द्र सिंहलाई पठाइएको छ ।
महोत्तरीका प्रहरी उपरीक्षक (एसपी) श्याम राईलाई अपराध अनुसन्धान विद्यालय महाराजगन्ज तानेर नकुल पोखरेललाई पठाइएको छ ।
धनुषाका एसपी मित्रबन्धु शर्मालाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्ज तानेर भुवनेश्वर तिवारीलाई पठाइएको छ ।
त्यस्तै, नुवाकोटका एसपी सञ्जयसिंह थापा पनि दुई महिना नपुग्दै सरुवा भएका छन् । उनलाई मधेस प्रदेश प्रहरी कार्यालय आर्थिक प्रशासन तथा प्रबन्ध महाशाखा जनकपुर पठाइएको छ ।
अन्य जिल्ला केही जिल्लाका एसपी पनि फेरबदल भएका छन् ।
उनीहरूको गएको १ फागुनमा सरुवा गरिएको थियो । नारायणकाजी श्रेष्ठ गृहमन्त्री हुँदा उनीहरूको सरुवा भएको थियो ।
अहिले गृहमन्त्री रवि लामिछानेकै चाहनामा एसपीहरूको सरुवा भएको स्रोत बताउँछ । दुई महिनामै काविल र उत्कृष्ठ काम र शान्ती सुरक्षमा काविल एसपी दयानिधी ज्ञवालीललाई तान्नु यति खेर सम्रग गृह मन्त्री र प्रहरी वृत्तमा ठुलो आलोचना भईरहेको छ । जिल्लामा गए पश्चात सयौ फरार अपराधी, हातहतियार,लागुऔषध,तस्करी नियन्त्रणमा वा,वाही पाएका ज्ञवालीलाई हटाउने निर्णयले देशमा तरङग पैदा गराएको छ । उत्कृष्ट कार्य गर्ने ज्ञवालीलाई किन दुई महिनामै हटाईयो भने विषय यति खेर रहस्यमय भएको छ ।
को कहाँ पुगे
