• ट्रेण्डिङ :

उदयपुरको जंगलमा एआईजी राजन अधिकारी सवार गाडी दुर्घटना

उदयपुरको जंगलमा एआईजी राजन अधिकारी सवार गाडी दुर्घटना

cnewsnepal

आइतबार, जेष्ठ ४ २०८२
पढ्न लाग्ने समय: < १ मिनेट


४ जेठ,काठमाडौं । उदयपुरको जंगल क्षेत्रमा नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) राजन अधिकारी सवार सरकारी गाडी दुर्घटनामा परेको छ। बा.एए ७४७३ नम्बरको टोयोटा फर्च्युनर गाडी दुर्घटनाग्रस्त भएको जानकारी प्राप्त भएको छ।

सूत्रका अनुसार एआईजी अधिकारी पाथिभारा मन्दिरको दर्शनका लागि पूर्वतर्फ जाँदै गर्दा दुर्घटना भएको हो। यद्यपि, दुर्घटनामा कुनै गम्भीर मानवीय क्षति नभए पनि गाडीमा ठूलो क्षति भएको छ।

दुर्घटनाको कारण र गाडीमा कति जना सवार थिए भन्नेबारे यकिन विवरण सार्वजनिक भएको छैन। प्रहरी निकायले पनि औपचारिक जानकारी नदिएको बताइएको छ। उच्च प्रहरी अधिकारीको व्यक्तिगत यात्राका कारण जानकारी नदिइएको हुन सक्ने अनुमान गरिएको छ।

एआईजी राजन अधिकारी हाल नेपाल प्रहरीको अपराध अनुसन्धान विभागको प्रमुखको भूमिकामा कार्यरत छन्।

 

प्रतिक्रिया
सम्बन्धित समाचार