१० भदौ, काठमाडौं । काठमाडौं उपत्यकामा फेरि एक हप्ताका लागि निषेधाज्ञा थप गरेकाे छ ।
भदौ ३ गतेदेखि सुरु भएको निषेधाज्ञा थप एक हप्ताको लागि लम्बिएको हाे ।
काठमाडौं, भक्तपुर र ललितपुरका तीन प्रमुख जिल्ला अधिकारीले उपत्यकाका सुरक्षा निकायका प्रमुख, नगरपालिकाका मेयर र जनस्वास्थ्य कार्यालयका अधिकारीसँग छलफलपछि निषेधाज्ञा थप गर्ने निर्णय गरेकाे काठमाडौंका सिडियाे जनक दाहालले बताए ।
उपत्यकामा संक्रमण दर बढ्दो अवस्थामा रहेकाले निषेधाज्ञा थप गरिएको वताईएकाे छ ।
निषेधाज्ञा लगाइएको अवधिमा औषधि, खाद्यवस्तु र अत्यावश्यकीय वस्तु खरिदको कामबाहेक बाहिर निस्कन पाइने छैन । बाहिर निस्किँदा मास्क अनिवार्य लगाउनुपर्नेछ ।
अत्यावश्यकीय सामाग्री ढुवानी, स्वास्थ्यकर्मी र सुरक्षा निकायबाहेक सवारी सञ्चालनमा रोक लगाइएको छ ।
प्रतिक्रिया
सम्बन्धित समाचार