काठमाडौं । कोरोना महामारी रोकथाम तथा न्यूनीकरणका लागि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा साउन १० गतेसम्म लम्बिएको छ ।
विहीबार ललितपुर, काठमाडौं र भक्तपुरका तीन वटै जिल्ला प्रशासनहरुको संयुक्त बैठकले जारी निषेधाज्ञालाई थप १० दिन लम्ब्याउने निर्णय गरेको हो ।
त्यस्तै काठमाडौं आउन जिल्ला प्रशासन कार्यालयको पास नचाहिने भएको छ । यसअघि प्रशासनको पास अनिवार्य गरिएको थियो ।
त्यस्तै, अब सबै खालका पसलहरु साँझ ७ बजेसम्म खुल्न पाउने भएका छन् । तर, अन्य आदेश र प्रावधानहरु भने साविककै कायम रहने बताइएको छ ।
हेर्नुहोस् काठमाडौंका प्रमुख जिल्ला अधिकारीले जारी गरेको आदेश



प्रतिक्रिया
सम्बन्धित समाचार
भोटेकोशी बाढी-पहिरो: राहत सामग्री ढुवानीमा मनोमानी भाडा असुली, गैरजिम्मेवार व्यवसायीलाई कारबाही गर्ने महासंघको चेतावनी
गाैशालाको ट्राफिक व्यवस्थापन चुस्त बनाउन दिन-रात खटिँदै इन्स्पेक्टर बिरेन्द्र रायमाझी: विद्यार्थी र चालक लक्षित सचेतना अभियान तीव्र
स्वयम्भू दुर्घटना प्रकरण: इभी बसको ठक्करबाट समाजसेवी महर्जनको निधन, नगर प्रमुखले बेवास्ता गरेको भन्दै चन्द्रागिरि नगरपालिका घेराउ