२६ फागुन, काठमाडौैं । प्रहरीले होलीमा जबरजस्ती रंग दलेर झगडा गरेको अभियोगमा उपत्यकावाट १६४ जनालाई पक्राउ गरेको छ ।
महानगरीय प्रहरी परिसर, काठमाडौं,भक्तपुर र ललितपुरले राजधानीका विभिन्न क्षेत्रबाट युवतीसहित १६४ जनालाई सोमबार पक्राउ गरेको हो ।
महानगरीय प्रहरी कार्यालय रानीपाेखरीका प्रहरी नायव महानिरीक्षक बिश्वराज पाेखरेलले पक्राउ पर्नेमा बलजफ्ती लोला हान्ने , समूहमा झगडा गर्दागर्दै पनि केही पक्राउ परेका बताए ।
पक्राउ गरेको स्थानबाट नजिकै रहेको प्रहरी वृत्तमा उनीहरुलाई राखिएको छ भने केही छुटेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार