१६ भदौ,काठमाडौं । थानकोट प्रहरी बृत्तकाे अत्याधुनिक र सुविधा सम्पन्न भबनकाे उद्घाटन भएकाे छ ।
काठमाडौंकाे चन्द्रागिरि वडा नम्बर ७; चेकपोस्ट स्थित एक भव्य समाराेहका विच भवनकाे उद्घाटन भएकाे हाे ।
७ कराेड ७१ लाख कुल खर्चमा निर्माण भएकाे भवनकाे प्रहरी नायब महानिरीक्षक एआईजी टेक बहादुर तामाङले उद्घाटन गरेका छन् । कार्यक्रममा बाेल्दै एआईजी टेक बहादुर तामाङले उपत्यकाको शान्ति सुरक्षाका लागि थानकोट प्रहरी बृत्तकाे महत्त्वपूर्ण भुमिका रहने बताए । उनलेे आफु डिएसपी हुँदै गर्दा कालिमाटी देखि थानकोट सम्म संयाेनात्मक भुमिका खेलेकाे स्मर्ण गरे ।
उद्घाटन कार्यक्रममा बाेल्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख छवि रिजालले प्रहरी कसैकाे दवाव र प्रभाव मा पर्न नहुने बताए ।
कार्यक्रममा चन्द्रागिरि नगरपालिका प्रमुख घनश्याम गिरी उप प्रमुख वसन्ती श्रेष्ठ, डिआईजी ओम बहादुर राना,काठमाडौं उपत्यका ट्राफिक प्रमुख नवराज अधिकारी,जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख विश्व अधिकारी, डिएसपी शंकर खड्का लगायत उपस्थिति रहेकाे थियाे ।