• ट्रेण्डिङ :

एकजनाको मृत्युसँगै भूकम्पबाट रुकुम पश्चिममा मृत्यु हुनेको सङ्ख्या ५३

एकजनाको मृत्युसँगै भूकम्पबाट रुकुम पश्चिममा मृत्यु हुनेको सङ्ख्या ५३

cnewsnepal

शुक्रबार, कार्तिक २४ २०८०
पढ्न लाग्ने समय: < १ मिनेट


जाजरकोट, २० कात्तिक जाजरकोटमा शुक्रबार राति आएको भूकम्पले जाजरकोटको सदरमुकाम खलङ्गामा भत्किएका घरहरु । भूकम्पले पुराना घरहरु पूर्णरुपले क्षती भएको छ । तस्वीर सुरेश आचार्य रासस
त्रिवेणी (रुकुम पश्चिम) : २४ कात्तिकः यही कात्तिक १७ गते राति जाजरकोट रामीडाँडा केन्द्रविन्दु  बनाएर  गएको छ दशमलव चार रेक्टर स्केलको  भूकम्पमा परी  घाइते  हुनुभएका एकजनाको मृत्यु भएको छ ।

जिल्ला चौरजहारी नगरपालिकामा कार्यरत २३ वर्षीय  नगर प्रहरी  निरोज विष्टको उपचारका क्रममा मृत्यु भएको हो ।

सुर्खेतको  कालागाउँस्थित प्रादेशिक अस्पताल आज बिहान ९ बजे उहाँको  मृत्यु भएको रुकुम पश्चिम जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी निरीक्षक धर्मेद्र खड्काले जानकारी दिनुभयो ।

मृतक विष्ट चौरजहारी नगरपालिका–१ निवसी हुनुहुन्छ । योसँगै जिल्लामा भूकम्पका कारण मृत्यु हुनेको सङ्ख्या ५३ पुगेको छ ।

वडा नं ८ को गोइरी जिउलामा ढुङ्गा, गिट्टी तथा बालुवा नियन्त्रणमा खटिनुभएका बिष्ट भूकम्प आएपछि त्यहाँ उद्धारका लागि  मोटरसाइकलमा जाँदै गर्दा बाटोमा माथिबाट खसेको पहिरोले टाउकोमा लाग्दा उहाँ सख्त घाइते हुनुभएको थियो ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार