• ट्रेण्डिङ :

एपीएफ नेपाल र एसएसबी वीचको सातौं समन्वयात्मक बैठक सम्पन्न

एपीएफ नेपाल र एसएसबी वीचको सातौं समन्वयात्मक बैठक सम्पन्न

cnewsnepal

शुक्रबार, कार्तिक २४ २०८०
पढ्न लाग्ने समय: < १ मिनेट


सशस्त्र प्रहरी बल, नेपाल र मित्र रास्ट्र भारतको सशस्त्र सीमा बल (एसएसबी) वीच सातौं नेपाल भारत समन्वयात्मक बैठक सम्पन्न भएको छ ।
कार्तिक २० देखि २२ गतेसम्म भारतको नयाँ दिल्लीमा उक्त बैठक संचालन भएको थियो ।सशस्त्र प्रहरी बल, नेपालको तर्फबाट सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले नेतृत्व गर्नुभएको थियो भने सशस्त्र सीमा बलको तर्फबाट महानिर्देशक रश्मी शुक्लाले नेतृत्व गर्नुभएको थियो । सो बैठकमा गृह मन्त्रालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपालतथा राष्ट्रिय अनुसन्धान बिभागका बरिष्ठ अधिकृत समेतको सहभागिता रहेको थियो ।

बैठकमा सीमा सुरक्षालाई थप प्रभावकारी बनाउँदै लैजाने, सीमावर्ति अपराध नियन्त्रण गरी सीमा सुरक्षालाई थप सुरक्षित बनाउन दुई सुरक्षा निकायवीच निरन्तर समन्वय र सहकार्य तथा सूचना आदनप्रदान गर्ने सहमती भएको छ ।

यसका साथै दुबै सुरक्षा निकाय बिच निरन्तर सहकार्य, समन्वय र आपसी हितका बिषयमा समेत छलफल भएको थियो । यसअघि छैठौँ नेपाल भारत समन्वयात्मक बैठक सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोकमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार