• ट्रेण्डिङ :

एमसीसीकाे विराेधमा उत्रिएका २० जना काेटेश्वरबाट पक्राउ

एमसीसीकाे विराेधमा उत्रिएका २० जना काेटेश्वरबाट पक्राउ

cnewsnepal

बिहिबार, भाद्र २४ २०७८
पढ्न लाग्ने समय: < १ मिनेट


काठमाडाैं, भदौ २४ । एमसीसीको विरोधमा उत्रिएका बहिर्गमित जनमुक्ति सेनाका अध्यक्ष रमेश बसेल करण र उपाध्यक्ष राजन थापा सुवास सहित २० जना लाई प्रहरीले आज नियन्त्रणमा लिएको छ ।

काठमाडाैंकाे काेटेश्वरबाट आफूहरूलाई प्रहरीले नियन्त्रणमा लिएको बहिर्गमित जनमुक्ति सेनाका उपाध्यक्ष तथा प्रवक्ता राजन थापा सुवासले बताए ।                     

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) उपाध्यक्ष फातिमा सुमार र नायब उपाध्यक्ष जोनाथन ब्रुक्ससहितको टोली बालकोट जाँदै गर्दा कालाे झण्डा देखाउने क्रममा २० जना लाई प्रहरीले नियन्त्रणमा लिएकाे थियाे ।

उनिहरूलाई पक्राउ गरेपछि काेटेश्वरमा राखिएकाे थियाे र  पछि प्रहरीले नगर  प्रहरी कार्यालय भृकुटीमण्डपमा  पठाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार