१३ जेठ,पाेखरा।पोखरामा सम्पन्न राष्ट्रिय युवा संघ नेपालको पाँचौं महाधिवेशनबाट नेकपा एमाले समर्थित क्षितिज थेबेको प्यानल विजयी बनेको छ।
महाधिवेशनमा १ हजार ७६४ मतदाता प्रतिनिधिमध्ये १ हजार ४०४ जनाले मतदान गरेका थिए।
थेबेले ७९७ मत प्राप्त गर्दै निकटतम प्रतिस्पर्धी सुमन पुरीलाई १८८ मतको अन्तरले पराजित गरे। पुरीले ६०८ मत ल्याएका थिए।

त्यसैगरी, महासचिव पदमा महेश चौलागाईं ७५५ मतसहित विजयी भए। उनका प्रतिस्पर्धीले ६४९ मत पाएका थिए।
नयाँ नेतृत्व चयनका लागि भएको प्रतिस्पर्धामा थेबेको प्यानलको स्पष्ट बहुमतसहितको विजयसँगै एमाले निकट युवासंघले नयाँ दिशा पाउने अपेक्षा गरिएको छ।
प्रतिक्रिया
सम्बन्धित समाचार
भोटेकोशी बाढी-पहिरो: राहत सामग्री ढुवानीमा मनोमानी भाडा असुली, गैरजिम्मेवार व्यवसायीलाई कारबाही गर्ने महासंघको चेतावनी
नागढुङ्गा सुरुङमार्ग उद्घाटनः राष्ट्रिय अध्यक्ष बानियाँलाई नै बेवास्ता, महासङ्घद्वारा असन्तुष्टि व्यक्त