१९ चैत्र सुनसरी । सुनसरीको ईनरुवा नगरपालिका-६ घोपाली टोलमा एम्बुलेन्सले स्कुटरलाई ठक्कर दिंदा स्कुटर चालकको मृत्यु भएको छ ।
पश्चिमबाट पुर्व तर्फ जाँदै गरेको को १ च ९६०५ नम्बरको एम्बुलेन्सले बिपरीत दिशाबाट आऊँदै गरेको को १६ प २०६४ नम्बरको स्कुटरलाई ठक्कर दिंदा स्कुट चालक महिलाको मृत्यु भएकाे हाे ।
१ नम्बर प्रहरी प्रदेश कार्यालय प्रबक्ता प्रनाउ सुमन तिमल्सिनाले घाईते भएकी स्कुटर चालक स्थानीय रत्ना श्रेष्ठको उपचारको क्रममा बिराटनगरको न्यूरो अस्पतालमा मृत्यु भएको पुष्टि गरे ।
एम्बुलेन्स र चालक ईलाका प्रहरी कार्यालय पकलीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
प्रतिक्रिया
सम्बन्धित समाचार