• ट्रेण्डिङ :

एम.सी.सी. विरुद्ध आठ दलको सशक्त प्रदर्शन, नयाँ बानेश्वर बन्यो रणमैदान (फोटो फिचर)

एम.सी.सी. विरुद्ध आठ दलको सशक्त प्रदर्शन, नयाँ बानेश्वर बन्यो रणमैदान (फोटो फिचर)

cnewsnepal

आइतबार, फाल्गुन १५ २०७८
पढ्न लाग्ने समय: < १ मिनेट


रोशन दानी /प्रकाश थापामगर , गोविन्दकुमार शर्मा/काठमाडौँ । आठ राजनीतिक दलले एम.सी.सी. विरुद्ध सशक्त प्रदर्शन गरेको छ । प्रदर्शनको क्रममा प्रहरी झड्प हुँदा नयाँ बानेश्वर रणमैदान बनेको थियो ।

प्रहरीले प्रदर्शनकारीहरूमाथि अश्रुग्यास, पानीको फोहराका साथै लाठीचार्जसमेत गरेको छ । लाठीचार्जमा युवा सङ्घ नेपालका महासचिव विदुषी, केन्द्रीय सदस्य अविनासलगायत थुप्रै प्रदर्शनकारीहरू घाइते भएका छन् ।

प्रहरी दमनका बाबजुद प्रदर्शनकारीहरू नयाँ बानेश्वर वरपर टायर बालेर लगातार विरोध प्रदर्शन गरेका थिए ।

प्रदर्शनपूर्व माइतीघर मण्डलाबाट एम.सी.सी. को विरुद्ध नयाँ बानेश्वरसम्म विशाल जुलुस प्रदर्शन गरिएको थियो । प्रदर्शनकारीहरूले एम.सी.सी. खारेज हुनुपर्ने विभिन्न नारा लगाएका थिए ।

नयाँ बानेश्वरमा पुगेपछि सो जुलुस साङ्केतिक विरोधसभा सम्पन्न भएको थियो । सभामा वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका जागृत रायमाझी, नेकपा (क्रान्तिकारी माओवादी) का पी.बी.एम. रामसिंह श्रीस, नेकपाका सचिवालय सदस्य कृष्णहरि भट्टलगायतले सम्बोधन गर्नुभएको थियो ।

कार्यक्रमको आयोजना नेकपा (मसाल), नेकपा (क्रान्तिकारी माओवादी, नेकपा (विप्लव पक्ष), नेकपा, राष्ट्रिय जनमोर्चा, देशभक्त जनगणतान्त्रिक मोर्चा, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी र नेकपा (माओवादी केन्द्र समाजवादी) ले गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार