• ट्रेण्डिङ :

एसआर म्युजिक क्रियशनको प्रस्तुतिमा ‘माईती चेली’ — संगम र रूपेशको तिहार विशेष गीत सार्वजनिक

एसआर म्युजिक क्रियशनको प्रस्तुतिमा ‘माईती चेली’ — संगम र रूपेशको तिहार विशेष गीत सार्वजनिक

cnewsnepal

बुधबार, असोज २९ २०८२
पढ्न लाग्ने समय: < २ मिनेट


काठमाडौं । तिहारको उल्लासमय अवसरमा एसआर म्युजिक क्रियशनले नयाँ मौलिक तिहार गीत ‘चेली माईती’ सार्वजनिक गरेको छ । संगम थापा र रूपेश दानीको सिर्जनामा बनेको यस गीतले माया, पिरती र माईती घरको भावनात्मक सम्बन्धलाई जीवन्त रूपमा प्रस्तुत गरेको छ ।

गीतमा चर्चित गायक–गायिकाहरू सरोज लामिछाने, संगम थापा, सानू केसी, विमल ठकुरी, कोपिला तामाङ वाईवाई, रचना रिमाल, सर्गम शाही जोशी, स्मृति गौतम, शारदा रसाइली र नारायण दगालको स्वर रहेको छ ।

गीतको लय संगम थापा, शब्द रूपेश दानी, एरेन्ज नारायण दगाल, र मिक्सिङ मनोज परियारले गरेका हुन् । गीतको निर्देशन उमेश कार्की (युके)ले गरेका छन् ।

अभिनयमा रूपेश दानी, रोशन दानी, सरिता थापा, सबिन थापा, रिनुका आले मगर, सलिसा ठकुरी, सुदिप विडारी, विनिता दहाल, अवसरा ओली, राम खड्का, आभास देव, र बाल कलाकारमा रेगन दानी र रोनिका बखती देख्न सकिन्छ ।

दृश्य परिकल्पना सरिता थापा, क्यामरा डेनिस खनाल, र सम्पादन रोशन धितालले गरेका छन् । मौलिक तिहारको रंग, माया–प्रेम र परिवारको आत्मीय सम्बन्धलाई समेट्दै तयार गरिएको ‘चेली माईती’ गीतलाई फ्युजन शैलीमा प्रस्तुत गरिएको छ, जसले दर्शक–श्रोतालाई नयाँ तिहार कोसेलीको अनुभूति दिने अपेक्षा गरिएको छ ।

भिडियो हेर्नुस ।

प्रतिक्रिया
सम्बन्धित समाचार