मलंगवा – सर्लाहीका प्रहरी उपरीक्षक (एसपी) सन्तोष सिंह राठौरको सरुवा भएको छ ।
प्रहरी प्रधान कार्यालयले एसपी राठौरको प्रहरी प्रतिष्ठान (पुलिस एकेडेमी) महाराजगन्जमा काज सरुवा गरेको हो । एसपी राठौरको २०७७ भदौ ४ गते सर्लाहीमा सरुवा भएको थियो ।
राठौरको ठाउँमा २ नं. प्रदेश प्रहरी कार्यालय जनकपुरमा कार्यरत एसपी कृष्ण प्रसाईलाई सर्लाही सरुवा गरिएको छ । सर्लाही आउन लागेका एसपी प्रसाईले डीएसपी हुँदा जिल्ला प्रहरी कार्यालय मलंगवामा रहेर काम गरिसकेका छन् । एसपी राठौरले जिल्लामा महत्त्वपूर्ण काम गर्न सफल भएका थिए भने उनले जिल्लामा हुने अपराधिक क्रियाकलाप न्युनिकरण देखि अबैध तस्करी चाेरी, गुन्डागर्दी लुटपाट,लागुअाैषध नियन्त्रणमा महत्त्वपूर्ण भुमिका निभाएका थिए ।
यस्तै, सर्लाहीसँगै धनुषा जिल्लाका प्रहरी प्रमुखको पनि सरुवा भएको छ । धनुषाका अहिलेका प्रहरी उपरीक्षक (एसपी) प्रकाश रानाभाटको स्थानमा एसपी वसन्त रजौरेलाई सरुवा गरिएको छ ।