काठमाडौं । अमेरिकी मिलेनियन च्यालेन्ज कर्पोरेशन (एमसीसी) को प्रतिनिधिमण्डल र प्रमुख प्रतिपक्षी दलका नेता तथा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग बुधबार भेटवार्ता भएको छ ।
भेटको क्रममा (एमसीसी) की उपाध्यक्ष फतिमा सुमारले नेपालको संसदबाट एमसीसी सम्झौता अनुमोदन गर्न सहयोग गर्न अध्यक्ष ओलीलाई आग्रह गरेकी थिइन्।
त्यसको जवाफमा ओलीले एमसीसीबारे तत्काल धारणा नबनाउने जवाफ दिएका छन् ।
फतिमासँग ओलीले भने, सरकारमा हुँदा हाम्रो पोजिसन क्लियएर नै थियो । अहिले हामी प्रतिपक्ष भइसकेका छौँ, त्यसैले पहिले सत्तापक्षको सरकारको धारणा आओस् । 
जवाफमा एमाले अध्यक्ष ओलीले विगतमा सरकारको नेतृत्वमा रहँदा आफूले एमसीसी सम्झौता पारित गर्न प्रयास गरे पनि सफल नभएको बताएका भेटमा सहभागी एमाले विदेश विभाग प्रमुख राजन भट्टराईले जानकारी दिए ।
बिहीबार नेपाल भ्रमणमा आएकी उनले पहिलो राजनीतिक भेटघाट विपक्षी दलका नेता ओलीबाटै गरेकी थिइन् ।
ओलीलाई भेट्न बालकोट पुगेकी उनले शिष्टाचार भेटका क्रममा एमसीसी अघि बढाउन आग्रह गरेकी थिइन् ।
भोटेकोशी बाढी-पहिरो: राहत सामग्री ढुवानीमा मनोमानी भाडा असुली, गैरजिम्मेवार व्यवसायीलाई कारबाही गर्ने महासंघको चेतावनी
नागढुङ्गा सुरुङमार्ग उद्घाटनः राष्ट्रिय अध्यक्ष बानियाँलाई नै बेवास्ता, महासङ्घद्वारा असन्तुष्टि व्यक्त