• ट्रेण्डिङ :

कपिलवस्तुमा गोरुसँग ठोक्किँदा मोटरसाइकल सवार एक जनाको मृत्यु

कपिलवस्तुमा गोरुसँग ठोक्किँदा मोटरसाइकल सवार एक जनाको मृत्यु

cnewsnepal

बुधबार, भाद्र २२ २०७९
पढ्न लाग्ने समय: < १ मिनेट


२२ भाद्र कपिलवस्तु । कपिलवस्तुको बुद्धभुमी नगरपालिका–२ पानी धारामा हिजो चौपाया (गोरु) सँग मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा अर्घाखाँचीको शितगंगा नगरपालिका–१३ बाहुनखर्कका २६ वर्षीय पुष्कर भट्टराई रहेका छन

हिजो बेलुका ७ बजे पुर्व पश्चिम राजमार्गमा लु २९ प ४०४२ नम्बरको मोटरसाइकलले गाईलाई ठक्कर दिदा दुर्घटना भएको थियो । दुर्घटनामा घाइते भएका पुष्करको ४ नम्बर सामुदायीक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

मोटरसाइकलमा पछाडी सवार उनकै ४८ बर्षीया भाउजू राधा भट्टराईको सोहि अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय गोरुसिंगेले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार