• ट्रेण्डिङ :

कलंकीमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

कलंकीमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

cnewsnepal

बुधबार, भाद्र ८ २०७९
पढ्न लाग्ने समय: < १ मिनेट


काठमाडौंको कलंकीस्थित खसी बजारमा गएराति टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

कालीमाटी बृत्तका डिएसपी अनिल घिमिरेका अनुसार मृत्यु हुनेमा धादिङको छत्रे देउराली–२ का १८ वर्षीय विश्वास रञ्जितकार रहेका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका रञ्जितकारको उपचारका क्रममा राति सवा १० बजे राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

कलंकीबाट बल्खुतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०१–००६ ख २८९३ नम्बरको टिपरले सोही दिशातर्फ जाँदै गरेको बा ८१ प ४१२९ नम्बरको मोटरसाइकललाई गएराति साढे ९ बजे ठक्कर दिएको कालीमाटी बृत्तले जनाएको छ ।

टिपर सहित चालकलाई नियन्त्रणमा लिएर प्रहरी वृत्त कालिमाटीले राखिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार