काठमाडौँ । ठूलो वर्षाले कलंकीमा खोला नदी आसपासको बस्तीमा बाढी पसेको छ । बाग्मती नदीमा आएको बाढीले केही पुलको तलको भाग समेत छोपिएका छन् । बल्खुको तरकारी बजार पनि डुबेको छ ।
देशभर सक्रिय मनसुनका कारण बागमतीका साथै धेरै नदीमा सतह बढेको छ ।
अविरल वर्षासँगै आएको बाढीले कलंकी क्षेत्रमा डुबानको समस्या देखिएको हो ।
कलंकी मालपोत क्षेत्र डुबानमा पर्दा सो क्षेत्रको जनजीवन प्रभावित बनेको छ । यसैगरी त्यहाँको प्रहरी प्रभग कलंकी कार्यालय समेत डुबानमा परेको छ ।
ती नदी तथा खोला आसपास बस्ने स्थानीय बासिन्दालाई सतर्क रहन प्रहरीले माइकिङ गर्दै आग्रह गरेको छ । कलंकी प्रहरी प्रभाग प्रमुख प्रहरी नायब निरीक्षक यमबहादुर थापाले स्थानीयलाई सचेत गराउँदै माइकिङ गरेका छन् ।
वर्षाको पानीले सडक जलमग्न बनेको छ भने कतिपयको घरभित्रैसम्म पानी पसेको छ । वाढीका कारण स्थानियमा त्रास छाएको छ ।
भोटेकोशी बाढी-पहिरो: राहत सामग्री ढुवानीमा मनोमानी भाडा असुली, गैरजिम्मेवार व्यवसायीलाई कारबाही गर्ने महासंघको चेतावनी
नागढुङ्गा सुरुङमार्ग उद्घाटनः राष्ट्रिय अध्यक्ष बानियाँलाई नै बेवास्ता, महासङ्घद्वारा असन्तुष्टि व्यक्त