काठमाडौंको दहचोकमा चितुवाले आक्रमण गर्दा एकजना घाइते भएका छन्। चन्द्रागिरि नगरपालिका त्रिवेणी चोकस्थित नमुना पेट्रोल पम्पनजिक आक्रमण गरेको हो।
आक्रमण गर्ने चितुवालाई स्थानीय र महानगरीय प्रहरी प्रभाग बलम्वुको सहायतामा जिल्ला बन कार्यालय हात्तीसारको टोलीले नियन्त्रणमा लिएको छ ।
घाइते भएका दहचोक मिलनचोक बस्ने ३५ वर्षीय पाचु चौधरीको उपचारको लागि टेकु अस्पताल पठाइएको महानगरीय प्रहरी वृत्त थानकोट प्रहरी निरीक्षक रामप्रसाद साप्कोटाले बताए ।
पछिल्लो समय दहचोकमा तीन वटा चितुवालाई नियन्त्रणमा लिइसकिएको छ । यसअघि तीन दिनअघि पनि चितुवा भेटिएको स्थानीयले बताएका छन् । दहचोकमा केहि दिन बन विरालोलाई थापेको पासोमा चितुवा परेपछि बन कार्यालय हातिसारको टोलीले नियन्त्रणमा लिएको घटना सामाजिक सञ्जालमा भाईरल भएको थियो ।