• ट्रेण्डिङ :

काठमाडौं उपत्यकामा १० दिन निषेधाज्ञा थप

काठमाडौं उपत्यकामा १० दिन निषेधाज्ञा थप

cnewsnepal

आइतबार, साउन १० २०७८
पढ्न लाग्ने समय: < २ मिनेट


काठमाडौं, १० साउन । काठमाडौं उपत्यकामा १० दिन निषेधाज्ञा थप गरिएको छ ।

यसअघि जारी गरिएको निषेधाज्ञाको आदेशको अवधि आइतबार सकिएपछि काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले साउन २० गतेसम्मक निषेधाज्ञा थप गरेको हो ।

निषेधाज्ञा लम्बिए पनि सबै आदेशहरू साबिकको आदेशबमोजिम नै रहेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले जानकारी दिए।

साउन १ गतेबाट जारी निषेधाज्ञा आइतबार सकिँदैछ। भोलिदेखि जारी हुने थप दस दिनको निषेधाज्ञामा कुनै पनि प्रकारका सभा, सम्मेलन, सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, दोहोरी, नाचघर, क्लब लगायत मानिसहरू भिडभाड हुने कार्यक्रमहरू सञ्चालन गराउन पाइने छैन।

खुला स्थानमा मानिसहरू भेला जम्मा हुन, भिडभाड गर्न, सभा जुलुस, जात्रा, महोत्सव, भोज गर्न नपाइने प्रशासनले जनाएको छ। शैक्षिक संस्थाहरू पनि अहिले भौतिक उपस्थितिमा पठनपाठन गर्न अनुमति दिइएको छैन। स्थानीय ढुवानी बिहान ९ देखि ११ बजेसम्म र अपराह्न ४ देखि ७ बजेसम्म सञ्चालन गर्न पाइने छैन।

औषधि तथा स्वास्थ्य सामग्रीका पसलबाहेक अरू पसल तथा व्यवसायहरू साँझ ७ बजेसम्म मात्रै सञ्चालन गर्न पाइनेछन्। रेष्टुरेन्ट तथा फास्ट फुड, अनलाइन अर्डर र टेक अवेका सेवाहरू पनि साँझ ७ बजेसम्म मात्रै सञ्चालन गर्न पाइने आदेशमा उल्लेख छ।

यसअघि जिल्ला प्रशासन कार्यालयले लामो दुरीका सवारीसाधनहरू चल्न अनुमति दिएको थिएन। तर गृहमन्त्रालयबाटै पत्राचार भएपछि शुक्रबार सूचना जारी गर्दै लामो तथा मध्यम दुरीका सवारीसाधन चल्न दिने अनुमति दिएको थियो।

 

 

प्रतिक्रिया
सम्बन्धित समाचार