• ट्रेण्डिङ :

काठमाण्डौं उपत्यकामा ट्राफिक प्रहरीले सडकका गाईवस्तुमा रिफ्लेक्टिब स्टीकर(तस्विर सहित)

काठमाण्डौं उपत्यकामा ट्राफिक प्रहरीले सडकका गाईवस्तुमा रिफ्लेक्टिब स्टीकर(तस्विर सहित)

cnewsnepal

आइतबार, साउन १० २०७८
पढ्न लाग्ने समय: < २ मिनेट


राेसन दानी , ९ साउन, काठमाण्डौं ।    उपत्यकामा ट्राफिक प्रहरीले दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले छाडाट्राफिक प्रहरी गाईवस्तुमा ‘रिफ्लेक्टिब स्टीकर’ लगाउन थालेको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत उपत्यकाको विभिन्न सडक
खण्ड यत्र–तत्र रहेका छाडा गाईवस्तुमा ‘रिफ्लेक्टिब स्टीकर’ लगाउन थालेको हो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख एसएसपी जनकराज भट्टराईले छाडा गाईबस्तुहरुका कारण रातिको समयमा हुने दुर्घटनालाई न्यूनीकरण गर्ने उद्देश्यले टल्किने स्टीकर लगाउन थालिएको बताए ।

एसएसपी भट्टराईले भने,‘‘उपत्यकामा रातको समयमा गाईवस्तुहरु दुर्घटना कारक बने गुनासाहरु,सुझाव आउन थाले पछि हामीले दुर्घटना हुन सक्ने सम्भावना र न्युनिकरणमा जोड दिदैे उपत्यकामा यो अभियान सञ्चालनमा ल्याएका छौं । ’’

पशु चौपायबाट रातको समयमा हुन सक्ने दुर्घटना न्युनिकरण तथा रोकथाम अभियान अन्र्तगत कलंकी प्रभाग, काठमाडौका बौद्व, चावाहिल, गौशलालगायतका पशुहरुको घाँटीमा स्टिकर टाँसिएको छ ।

उपत्यकाका विभिन्न ट्राफिक प्रभाग बृत्तहरुमा सोमवार देखि सुरु भएको अभियान आज सम्म ४९ वटा गाईबस्तुहरुमा टाडैवाट टल्कने ‘रिफ्लेक्टिब स्टीकर’ टास गरिएको महाशाखाले जनाएको छ ।

यस अभियानले उद्देश्य अनुरुप दुर्घटना न्युनिकरणमा सघाउ पु¥याउने अपेक्षा गरिएको महाशाखा प्रमुख भट्टराई बताउछन् ।

उपत्यकामा रहेका विभिन्न ट्राफिक प्रहरी युनिटहरुमा बजेट नचल्ने भएका कारण ट्राफिक प्रहरी अधिकृतहरुलाई सानासान अभियान सञ्चालन गर्न पनि कठिनाईहरु भने हुने गरेको पाईएको छ ।

यस्ता साना र प्रभावकारी र जनहितका कार्यक्रमहरु सञ्चालन गर्न स्थानिय सरकार(नगरपालिका) सामाजिक संघसंस्थाहरुले साथ र सहयोग प्रधान गर्ने सके निकै फलदायी हुन सक्ने एक ट्राफिक प्रहरी अधिकारीले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार