१२ साउन काठमाण्डौ । महानगरीय प्रहरी बृत्त बौद्धले जोरपाटीबाट जुवा खेलिरहेको अवस्थामा १० जना पक्राउ गरेको छ ।
मंगलबार दिउँसो प्रहरीले विशेष सूचनाको आधारमा जिल्ला दोलखा शैलेश्वर गाउँपालिका ८ घर भई जोरपाटी वस्ने वर्ष ३५ पवन कार्की, काडमाण्डौ नारायणटार वर्ष २८ सुेन्द्र श्रेष्ठ, जिल्ला रामेछाप दोरम्वा गापा वडा नम्वर ४ घर भई भक्तपुर नाला वस्ने वर्ष २९ का गोविन्द मगर,जिल्ला मकवानपुर घर भई कपन बालुवाखानी वस्ने वर्ष ३४ सत्यनारायण कपाली,काठमाण्डौ बौद्ध न्याँब वस्ने वर्ष ३८ का र्नोरसाङ लामा, जिल्ला सिन्धुपाल्चोक पाँचपोखरी गाउँपालिका १ मेलम्ची घर भई जोरपाटी डेरा गरी बस्ने ४६ वर्षीय प्रेम लामा, जिल्ला रामेछापा घर भई भक्तपुर ठिमी वस्ने वर्ष ३४ को राजु मगर, जिल्ला सिन्धुपाल्चोक जुगाल घर भई हाल काठमाण्डौ बौद्ध नयाँ वस्ती बस्ने वर्ष ४४ का बहादुर लामा, जिल्ला रामेछाप दोरम्वा घर भई कपन आकासेधार वस्ने वर्ष ४३ का मोहन थापा मगर,काठमाण्डौ जोरपाटी वस्ने वर्ष ३६ का दिपक माझी लाई पक्राउ गरेको काठमाण्डौ प्रहरी प्रमुख अशोक सिंहले बताए ।
उनीहरूबाट एक लाख ९७ हजार ५ सय रूपैयाँ प्रहरीले बरामद गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी प्रमुख सिंह जानकारी दिए।
उनीहरूमाथि प्रहरीले थप अनुसन्धान र कारबाही गर्न महानगरीय प्रहरी वृत्त बौद्धमा बुझाएको छ ।