• ट्रेण्डिङ :

कालुपाडे जाने सबैभन्दा छोटो दुरीको बाटो ढलान

कालुपाडे जाने सबैभन्दा छोटो दुरीको बाटो ढलान

cnewsnepal

शुक्रबार, फाल्गुन २६ २०७९
पढ्न लाग्ने समय: < २ मिनेट


चन्द्रगिरी १३ पुरानो नैकाप किटिनी भञ्ज्याङ् हुदै एतिहासिक पर्यटकीय स्थल कालुपाडे जाने सबैभन्दा छोटो दुरीको मुखिया गाउँ ठाडो उकालो बाटो ढलान कार्य हुदै ।

यो बाटो एउटा एतिहासिक महत्व बोकेको बाटो भएकोले उपत्यका बिकास प्राधिकरणको पच्चिस लाख बिनियोजित बजेटमा ९० मिटर लम्वाइ ४.५ मिटर चौडाई मापदण्डमा निमार्ण हुनलागेको जानकारी यसै वडाका वडा अध्यक्ष श्री कृष्ण खत्री र यस वाटो निमार्ण कार्यको उपभोक्ता समितिका अध्यक्ष नरेन्द्र रोक्काले जानकारी गराए ।

अध्यक्ष खत्रिका अनुसार यो बाटो धेरै पुरानो वाटो रहेको, यस वाटो हुदै पर्यटकीय स्थल कालुपाडे जान निकै छोटो पर्न जाने र दैनिक यस वाटो प्रयोगकर्ताले निकै कठिनाई भोग्न परेकोले अन्यत्र भन्दा पनि १३ वडाको पर्यटकीय वाटो भएकोले यस वाटो लाई महत्वका साथ हेरिएको जानकारी गाराए ।

रोक्काका अनुसार यो बाटो सहज भएको खण्डमा यस पर्यटकीय क्षेत्र घुम्न आउने पर्यटकहरुले सहज महसुस गर्ने र खड्का गाउँमा हुने सवारी जाम पनि न्युनिकरण हुन जाने जानकारी गाराए ।

यस्तै यस उपभोक्ता समितिका सदस्य रविन्द्र ढवाडीका अनुसार यस बाटोले निकै पुरानो विरासत बोकेको कालुपाडे, मनकामना मन्दिर, बिन्दवासीनी मन्दिर र स्वीजरल्याण्ड पार्क घुम्न आउने पर्यटकलाई निकै राहात पुग्ने जानकारी गराए ।

प्रतिक्रिया
सम्बन्धित समाचार