काठमाडौं १३ असार । काेटेश्वरमा सवारी दुर्घटना हुदा एक जनाकाे ज्यान गएकाे छ ।
काेटेश्वरवाट बालकुमारी तर्फ जाँदै गरेकाे माईक्रो वस अनियन्त्रित भई पैदल यात्रुलाई ठक्कर दिदा एक जनाएको मृत्यु भएकाे हाे ।
बा २ ख १२३१ नम्बरको माईक्रो वस काेटेश्वढर वाट बमलकुमारी तर्फ जाँदै गर्दा माेटर साईकललाई जाेगाउन खाेज्दा विपरीत दिशा तर्फबाट अाउदै गरेकाे बा ००६ख ०३९ ५ नम्बरको ट्रकमा ठाेकिएकाे छ ।
उक्त माईक्रोकाे ठक्करबाट पैदल यात्री जिल्ला स्याङ्जा थेलचाेङ वर्ष ५२ काे देवकुमार सेनकाे उपचारको क्रममा वि एण्ड वि अस्पतालमा मुत्यु भएकाे अस्पतालले जनाएको छ ।
माईक्रो चालक फरार रहेकाे र उक्त चालकलाई खाेजी कार्य भईरहेकाे प्रहरी वृत्त बानेश्वरले जनाएको छ । प्रहरीका अनुसार माईक्रो सह चालक रामेछाप नगरपालिका ६ घर भएका विमल सुनुवार घाईते छन्, उनकाे वि.एण्ड वि अस्पतालमा उपचार भईरहेकाे छ ।