राेशन दानी, १ जेठ काठमाडौं । नेपाल प्रहरीकाे प्रहरी निरीक्षकबाट प्रहरी नायव उपरीक्षक पदकाे बढुवाका लागि तिव्र प्रतिस्पर्धा हुने भएकाे छ ।
प्रहरी नायव उपरीक्षकवाट प्रहरी उपरीक्षक पदमा २२ जना बढुवा भए संगै उक्त पद खाली भएकाे हाे ।
नेपाल प्रहरीमा डिएसपी पदमा ४५ दरबन्दी खाली छ । रिक्त पदमा इन्सपेक्टरहरूको दौडधुप सुरु भएको छ ।
प्रहरीमा २०७० सालमा भर्ना भएका १४८ इन्सपेक्टरहरू प्रतिस्पर्धामा छन् जसमा ९ महिला प्रहरी अधिकृत छन् ।
उमेर हद बन्दी र राजिनामा गएका डिएसपीहरूकाे संख्या न्यून हुनु र २०७० का प्रहरी निरीक्षककाे संख्या वढि हुनुले गत वर्ष नाम लिष्ट तयार भएकाहरू समेत वढुवा हुन सकेकाे थिएन ।
प्रहरी निरीक्षकहरू शक्ति केन्द्र चाहार्ने,अगाडि हुनलाई भन्सुन गर्ने र हाकिम रिझाउने प्रवृत्ति वढेर गएकाे हाे ।
प्रहरी निरीक्षक वढुवाका लागि लाेकसेवा परीक्षा,तालिम र पुरस्कार र राजधानी बाहिर दुर्गम वसेका र सवै प्रकारले उत्कृष्ट हुनु पर्ने प्रहरी स्राेतकाे भनाइ छ । निष्पक्ष र ईमानदार प्रहरी अधिकृत पहिलाे चरणमा वढुवा गर्ने तयारीमा प्रहरी हेडक्वाटरकाे रहेकाे छ ।
इन्सपेक्टर बढुवामा कार्यसम्पादन मूल्याङकनको कुनै अर्थ नहुने बहस पनि उठेको छ । वरियता मात्र हेरेर बढुवा गर्दा विगतमा पछि पारिएका कतिपय काबिल प्रहरी अधिकृत छुटेका छन् भने पटक पटक कारबाही भोगेकाहरु भने पुरस्कृत भएका छन् । प्रहरी निरीक्षककाे वढुवा गर्न गृहले उपसचिव तयार पारेकाे छ ।