१७ असोज, काठमाडौं । किर्तिपुरमा घर नजिकैकाे ढल सफा गर्ने क्रमामा एकासी बाढी आई ढलमा च्यापिएर एक जनाकाे मृत्यु भएकाे छ ।
किर्तिपुर नगर पालिका वडा नम्बर ४ मा आज बिहान आएको पानीको भेलले बगाउदा ढलमा च्यापियर एकजनाकाे मृत्यु भएकाे हाे ।
विहान अविल वर्षा संगै आएकाे वाढीले ढलमा च्यापिएर स्थानीय वर्ष ६१ काे सहदेब लामाको मृत्यु भएकाे किर्तिपुरका स्थानीय समाजसेवी सुदिप बस्नेतले बताए ।
शुक्रबार पानी परे संगै वाढी आई ढलमा केही ग्रावेल र फाेहाेर अड्किएकाे रहिछ साेही ढलकाे फाेर सफा गर्ने कममा विहानी परेकाे पानी संगै आएकाे वाढीले ढलमा च्यापिएर लामाकाे अस्पताल लाने क्रममा मृत्यु भएकाे बस्नेतले सिन्युज नेपाललाई बताए । लामाकाे शव पाेष्टमाटमका लागि शिक्षण अस्पताल महाराजगन्ज पठाईएकाे छ ।