काठमाडौं । कीर्तिपुरमा बस दुर्घटना हुँदा त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा. गोविन्द रिजालको मृत्यु भएको छ।
बा ३ ख २०२७ नम्बरको बस कीर्तिपुरस्थित आयुर्वेद अस्पतालबाट निस्केको स्कुटरलाई जोगाउने क्रममा अनियन्त्रित भइ सडकमा पल्टिएको थियो।
रत्नपार्क–कीर्तिपुर रुटमा चल्ने बस दुर्घटना हुँदा त्रिवि कृषि अध्ययन संस्थानका प्राध्यापक समेत रहेका डा. रिजालको ज्यान गएको हो ।
रिजालको कीर्तिपुरस्थित अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
सो दुर्घटनामा परेर अन्य ३ जना घाइते भएको प्रहरीले जनाएको छ।
घाइते हुनेमा बैतडी घर भएका २४ वर्षीय डम्बर पन्त, २४ वर्षीया विमला श्रेष्ठ र बस चालक २७ वर्षीय रमेश लामा छन्।
उनीहरूको ट्रमा सेन्टरमा उपचार भइरहेको छ।