११ असाेज,काठमाडौं । प्राकृतिक कृषि सहकारी संस्था लि एक दिने पशुआहारा तालिम तथा लिटर अनुदान वितरण कार्यक्रम सम्पन्न गरेकाे छ ।
चन्द्रागिरि दाना उद्योगकाे प्रायाेजनमा ” कृषक र कृषि क्षेत्रकाे सम्मान समुन्नत नेपालीको पहिचान ” भन्ने नाराका साथ ललितपुर स्थित गाेदावरी नगरपालिका ९ टिकाभैरवमा एक दिने कार्यक्रम सम्पन्न गरेकाे हाे । 
कृषि सहकारीले आर्थिक वर्ष २०७६/७७ मा दुध बेच्ने किसानहरूलाई लिटरमा २ रूपयाँका दरले रकम प्रदान गरिएकाे संस्थाका अध्यक्ष कृष्ण तिमल्सिनाले बताए ।
अध्यक्ष तिमल्सिनाका अनुसार संस्थाले कृर्षकहरू लाई कृर्षक भत्ता सरहको थप उर्जा प्रदान गर्नका लागि उत्पादन वृद्धि गर्न थप प्राेत्सान गर्दै कृषिलाई व्यवसाय बनाउन लागि रहेकाे जानकारी दिए ।
किसानलाई राज्यबाट उपलब्ध अनुदान गुणस्तरीय दाना,पशु आहारा,पशुपालन व्यवसायमा प्राविधिक व्यवस्थापन ,कृर्षकहरूका लागि पशुपन्छी तथा बालीनालीका लागि दाना मल विउविजन,विरूवा वितरण लगायतका काम गर्दै आईरहेकाे छ ।
उक्त अवसरमा चन्द्रागिरि दान उद्योगकाे सहयाेगमा पशु आहार सम्बन्धि १ दिने तालिम समेत सञ्चालन गरिएकाे चन्द्रागिरि दान उद्योका सञ्चालक धर्मराज दानीले बताए ।

चन्द्रागिरि दाना उद्योगकाे पशु चिकित्सक सहितकाे टाेलीले पशुआहार सम्बन्धि अभिमुखी तालिम समेत प्रदान गरिएकाे छ । उक्त अवसरमा पशुपन्छीलाई आवश्यक औषधिहरू मिनरलस,भिटामिन समेत चन्द्रागिरि दानले उपलब्ध गराएकाे थियाे । सहकारीले चन्द्रागिरि दानाबाट उत्पादित गाईबस्तुका दाना,पशुपन्छीका दान समेत वितरण गर्ने छ ।