• ट्रेण्डिङ :

कैलालीमा अटो रिक्सा दुर्घटना हुँदा चालकको मृत्यु

कैलालीमा अटो रिक्सा दुर्घटना हुँदा चालकको मृत्यु

cnewsnepal

आइतबार, मंसिर २४ २०८०
पढ्न लाग्ने समय: < १ मिनेट


धनगढी : कैलालीमा अटो रिक्सा दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

जिल्लाको गोदावरी नगरपालिका–८ स्थित भित्रि सडकखण्डमा सुपप्र०१००१ ह ३४८४ नम्बरको अटो रिक्सा आफै अनियन्त्रित भएर दुर्घटना भएको थियो।

दुर्घटनामा परी गम्भीर घाइते भएका सोही ठाउँ बस्ने चालक अन्दाजी ३४ वर्षीय चक्र सार्कीको उपचारका क्रममा मृत्यु भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।

सार्कीको सेती प्रादेशिक अस्पतालमा शनिबार राति मृत्यु भएको हो। उनको शव परीक्षणका लागि प्रादेशिक अस्पतालमै राखिएको छ। अटोमा अन्य व्यक्ति भने सवार नरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार