• ट्रेण्डिङ :

क्यान्सरपीडित केप्छाकीमगरलाई नेपाली समाज ओमानको सहयोग

क्यान्सरपीडित केप्छाकीमगरलाई नेपाली समाज ओमानको सहयोग

cnewsnepal

बुधबार, मंसिर २७ २०८०
पढ्न लाग्ने समय: < १ मिनेट


क्यान्सरपीडित केप्छाकीमगरलाई नेपाली समाज ओमानको सहयोगक्यान्सरबाट पीडित उदयपुरकी प्रदीप केप्छाकीमगरलाई नेपाली समाज ओमनले बिस हजार रुपियाँ सहयोग गरेको छ ।

२९ वर्षीय मगरको पारिवारिक आर्थिक अवस्था अवस्था निकै कमजोर भएको हुँदा निजलाई थप उपचारमा सहयोग पुगोस् भनी समाजले सहयोग गरेको हो ।

समाजका अध्यक्ष रविन्द्र राजथलाका अनुसार उक्त सहयोग समाजकै नेपाल प्रतिनिधि सबिता श्रेष्ठले पीडित मगरको घरमै पुगी हस्तान्तरण गर्नुभएको थियो । सो अवसरमा उहाँले शीघ्र स्वास्थ्यलाभको कामना पनि गर्नुभएको थियो ।

साथै समाजले पीडितलाई आर्थिक सहयोग गर्ने सबैलाई धन्यवाद पनि दिनुभएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार