धादिङ । ईलाका प्रहरी कार्यालय खानीखाेलाका प्रहरी प्रमुख डवलबहादुर बम सरुवा भएको छ । विगत ११ महिनादेखि इलाका प्रहरी कार्यालय खानीखाेलामा कार्यरत बमको सरुवा भएको हो ।
बमको नेपाल प्रहरी विपत्त महाशाखा सरुवा भएको जानकारी दिए । खानीखाेला बसाइका क्रममा सबैको सहयोग प्राप्त भएको भन्दै प्रहरी निरीक्षक बमले आभार ब्यक्त गरे । बमकाे विदाईमा खानीखाेलाका प्रहरी कर्मचारीहरूकाे रूवाँवासी नै चलेकाे थियाे ।
प्रहरी निरीक्षक बमले ओषध काराेवारी,बन्यजन्तुकाे छालाजन्य बस्तु,गुण्डागर्ति नियन्त्रण,जुवा तास नियन्त्रण र स्थानीय जनप्रतिनिधि भन्सुन र दवाव बन्द लगायत जनस्तरमा जनचेतना लगायत थुप्रै कार्य गरि जनताकाे मन जित्न सफल भएका थिए ।
साना साना मुद्दामा पनि राजनीतिक हस्तक्षेप विरूद्ध खुलेरै प्रतिवाद गर्दै,कानुन कार्यान्वयनमा उनले सधै अग्रपंक्तिमा रहेर कसैकाे प्रभावमा नपरि विदाई भएका हुन् ।
प्रहरी प्रधान कार्यालयल मंगलबार नेपाल प्रहरीका ९५८ जना प्रहरी निरीक्षकको सरुवा गरेको हो ।