काठमाडौं । दहचोक–सिस्ने खोला सुरुङ मार्ग आयोजनाका कारण खानेपानीको मुहान सुकेको भन्दै स्थानीयले सोमबार तोडफोड गरेका छन्।
खानीपानीको मुहान सुकेको भन्दै नागढुंगा सुरुङमार्ग आयोजनाकाे कार्यालयमा स्थानीयको तोडफोड गरेका हुन् ।
दुई साताअघि पनि स्थानीयले प्रदर्शन गरेका थिए तर खानेपानीको व्यवस्था गरि दिने लिखित प्रतिबद्धतापछि आन्दोलन रोकिएको चन्द्रागिरि २ का समाज सेवी भाईकृष्ण तामाङले बताए ।
आक्राेसित स्थानीयले आयोजनाको कार्यालयमा तोडफोड गर्दा करिव १ दर्जन झयालका सिसाहरूमा फुटेका छन् ।
‘स्थानीयको गुनासो सुरुङ मार्गका कारण खानेपानीको मुहान र खानी पानी व्यवस्थापन गर्ने भन्ने हाेे वडा अध्यक्ष सुर्खेतीले भने ।
उनलेे भने,”आयोजनाले खानेपानीको व्यवस्था गरिदिने लिखित प्रतिबद्धता गरेपनि पूरा नभएपछि आन्दोलन फरि गर्नु परेकाे छ ।”
नागढुङ्गा सुरूङ्ग मार्ग प्रभावित सराेकार समन्वय समितका संयाेजक गाेपी सुर्खेतीले अायाेजनाले पटक पटक उठाएकाे माग कागजमै समित राखि सम्बाेधन नगरेकाेले कार्यालय परिसर घेराउ गर्ने अवस्था सृजना भएकाे बताए । अान्दोलन कर्ताले कार्यालयकाे सिसा ताेडफाेड गरेपछि महानगरीय प्रहरी बृत्तकाे टाेली पुगेकाे छ ।
