• ट्रेण्डिङ :

खोटाङको रुपाकोट मझुवागडी नगरपालिकका वडा सदस्य बानियाँ सहित दुई जनाको घरमा बन्दुक फेला

खोटाङको रुपाकोट मझुवागडी नगरपालिकका वडा सदस्य बानियाँ सहित दुई जनाको घरमा बन्दुक फेला

cnewsnepal

मंगलबार, साउन १२ २०७८
पढ्न लाग्ने समय: < २ मिनेट


१२ साउन खोटाङ । जिल्ला प्रहरी कार्यालय खोटाङले ३ थान एकनाले भरूवा बन्दुक सहित तीन जनालाई पक्राउ गरेको छ ।

प्रहरीले घरमा अवैध हातहतियार तथा खरखजना भरुवा बन्दुक लुकाई राखेको भन्ने सूचनाको आधारमा छापा हान्दा तीन नाल भरुवा बन्दुक सहित तिनजनालाई पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायव उपरीक्षक उमेश लम्सालले पक्राउ पर्नेमा दिक्तेल रूपाकोट मझुवागडी नगरपालिका–१० पाथेका बानियाँ गाँउ बस्ने सरस्वती माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा वडा सदस्य समेत रहेका ५९ वर्षीय पर्शुराम बाँनिया, सोही स्थानका वर्ष ६९ का मदन बहादुर बानियाँ र ३३ वर्षिय मिलन बानियाँलाई पक्रँउ गरिएको बताए ।

प्रहरीले खानतलासी गर्दा पशुराम बानियाँको घरवाट एक नाल भरुवा बन्दुक, मदनबहादुरको घरवाट छर्रा वारुध लोड गरेको अवस्थाको भरुवा बन्दुक एक नाल सोमा प्रयोग हुने १५० ग्राम धातुका छर्रा ४ सय ग्राम सलाई र मिलन बानियाँको घरवाट छर्रा बारुद लोड गरेको अवस्थामा बरामद गरेको खोटाङ प्रहरी प्रमुख लम्सारलले बताए ।

पक्राउ गरिएका ३ जनालाई हातहतियार खरखजना सम्वन्धी मुद्धामा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरि यस सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार