• ट्रेण्डिङ :

खोलाले कार बगाउँदा दाङमा चार जनाको मृत्यु

खोलाले कार बगाउँदा दाङमा चार जनाको मृत्यु

cnewsnepal

बिहिबार, भाद्र १७ २०७८
पढ्न लाग्ने समय: < २ मिनेट


१७ भदौ, दाङ । खोलाले कार बगाउँदा दाङमा चार जनाको मृत्यु भएको छ । कार चालक घोराही १३ का ४३ वर्षीय नरबहादुर पुन गम्भीर घाइते छन्। कारका चालक पुनको दायाँ खुट्टा, ढाड र बायाँ हातमा चोट लागेको छ।

घोराही उपमहानगरपालिका वडा नम्बर ४ स्थित सिस्ने खोलामा आएको बाढीले ३–०१–०२४ च ४४४० नम्बरको कार गए राति करिब १० बजेर ५० मिनेटमा बगाउदा ४ जना महिलाकाे मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय दाङका प्रबक्ता डिएसपी मुकुन्द रिजालले बताए ।

डिएसपी रिजालले भने,” उहाँहरू नेपालगञ्जमा सपिङ गरेर फर्कंदै हुनुहुन्थ्यो खोलामा आएको भेलमा परेकाे खवर प्राप्त भयाे, माथी पुल बन्दै थियाे तल बाट खाेला तरने क्रममा एकासी दुखद् घटना हुन पुग्याे ।”

घटना लगतै डिएसपी रिजालकाे नेतृत्वमा प्रहरी घटना स्थलमा पुगेर उद्धारमा पुगेकाे थियाे ।

डिएसपी रिजालका अनुसार खोलाले कार बगाउँदा घोराही उपमहानगर १३ की ४० वर्षीया रितामाया पुन, सोही ठाउँकी ३५ वर्षीया सुशीला श्रेष्ठ, घोराही १५ की ३३ वर्षीया राधा कुँवर, सोही ठाउँकी ४३ वर्षीया बिमला केसीको मृत्यु भएको बताए ।


रिजालले भने,”खोलाले बगाएकाहरूको शव झन्डै तीन किलोमिटर तल घोराही १७ बेलभार भन्ने ठाउँमा फेला पारेका हाै, उनीहरूमध्ये दुई जना चालकका आफन्त हुन्।

शवलाई पोस्टमार्टमका लागि राप्ती विज्ञान प्रतिष्ठान घोराहीमा राखिएको छ। चालकको पनि घोराहीमै उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार