• ट्रेण्डिङ :

गणतन्त्रात्मक शासन व्यवस्थाविरुद्ध हुने अराजक गतिविधिको प्रतिवाद गर्छाैँ: प्रधानमन्त्री

गणतन्त्रात्मक शासन व्यवस्थाविरुद्ध हुने अराजक गतिविधिको प्रतिवाद गर्छाैँ: प्रधानमन्त्री

cnewsnepal

आइतबार, बैशाख २८ २०८२
पढ्न लाग्ने समय: < १ मिनेट


प्रधानमन्त्री ओली – सम्बोधन काठमाडौँ, २८ वैशाखः प्रधानमन्त्री केपी शर्मा ओली सङ्घीय संसद भवनमा आइतबार बसेको प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष २०८२÷०८३ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलको क्रममा उठेका प्रश्नहरुको जवाफ दिनुहुँदै । । तस्बिरः किरणराज विष्ट÷रासस

२८ बैशाख,काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सहमतिका आधारमा संविधान संशोधनको प्रक्रिया अघि बढाउन सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा सरकार गठनका बेला संविधानको समीक्षा गर्ने प्रतिबद्धता, त्यसका सबल पक्षलाई सुदृढ गर्दै कार्यान्वयनका क्रममा देखिएका कमीकमजोरी सच्च्याउने प्राथमिकताको स्मरण गर्दै उनले संविधान संशोधनको प्रतिबद्धता व्यक्त गरेका हुन् ।

सरकारका नीति तथा कार्यक्रमसम्बन्धी छलफलमा उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले दलहरुबीचको स्वस्थ प्रतिस्पर्धा, आपसी संवाद, सहकार्य र सहअस्तित्वको नीतिमा राजनीतिक स्थायित्वलाई निरन्तरता दिँदै नीतिगत स्थिरता सुनिश्चित गर्ने प्रयास जारी रहने पनि स्पष्ट गरे ।

“संविधानको रक्षा र सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सुदृढीकरण गर्ने प्रतिबद्धता छ । यसविरुद्ध हुने कुनै पनि प्रकृतिका प्रतिगामी–पुनरुत्थानवादी अराजक गतिविधिको प्रतिवाद गर्ने दृढता व्यक्त गरिएको छ”, प्रधानमन्त्रीले भने, “म विश्वास गर्छु । जनताको बलिदान खेर जान नदिने, प्राप्त उपलब्धिको रक्षा एवं प्रवद्र्धन गर्ने प्रस्तुत नीतिमा यस सम्मानित सदन एक हुनेछ ।”

प्रतिक्रिया
सम्बन्धित समाचार