१ जेठ,काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल राष्ट्र बैङ्कको रिक्त गभर्नरमा व्यक्तिगत निकटताका आधारमा नभई योग्यताक्रमका आधारमा क्षमतावान व्यक्तिको नियुक्ति गर्ने पक्षमा आफू रहेको बताएका छन् ।
पूर्वयोजनाकार मञ्च नेपालको औपचारिक शुभारम्भ कार्यक्रमलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने,“राष्ट्र बैङ्कमा मेरो कोही ल्याउनु छैन ।
‘मेरिटोक्रेसी’का आधारमा क्षमतावान मान्छे ल्याउने हो । काम गर्नसक्ने मान्छे भए देशलाई भइहाल्छ । मेरो मान्छे भन्ने चाहिँदैन ।
म प्रधानमन्त्री हो तर सरकारमा म मात्र छैन । त्यसैले सकेसम्म ‘मेरिटोक्रेसी’लाई महत्व दिन्छु ।”
प्रधानमन्त्री ओलीले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको अध्यक्ष र सदस्यमा पनि सिफारिस समितिबाट प्राप्त प्रतिवेदनका आधारमा क्षमतावान् व्यक्ति नियुक्ति भएको स्पष्ट गरे ।
उनले एक आयोगका अध्यक्षलाई मुख्यसचिव हुँदा चिनेको बाहेक अरु पदाधिकारीसँग आफ्नो व्यक्तिगत चिनजान र सम्बन्ध नरहेको स्पष्ट पारे ।
प्रधानमन्त्री ओलीले पूर्वयोजनाकारको संस्थाबाट आफ्ना सोच र अनुभवको आदानप्रदान होस् भन्ने कामना गर्दै व्यक्तित्व टकराव नगरी संस्थाको दिगोपनाको कामना गरे।
भोटेकोशी बाढी-पहिरो: राहत सामग्री ढुवानीमा मनोमानी भाडा असुली, गैरजिम्मेवार व्यवसायीलाई कारबाही गर्ने महासंघको चेतावनी
नागढुङ्गा सुरुङमार्ग उद्घाटनः राष्ट्रिय अध्यक्ष बानियाँलाई नै बेवास्ता, महासङ्घद्वारा असन्तुष्टि व्यक्त