• ट्रेण्डिङ :

गभर्नर डा. विश्व पौडेलद्वारा अर्थमन्त्री विष्णु पौडेलसँग भेट, समन्वयमा अघि बढ्ने प्रतिबद्धता

गभर्नर डा. विश्व पौडेलद्वारा अर्थमन्त्री विष्णु पौडेलसँग भेट, समन्वयमा अघि बढ्ने प्रतिबद्धता

cnewsnepal

बुधबार, जेष्ठ ७ २०८२
पढ्न लाग्ने समय: < १ मिनेट


७ जेठ,काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्व पौडेलले भेट गरेका छन्। आज बिहान अर्थ मन्त्रालय पुगेका गभर्नर पौडेलले अर्थमन्त्रीसँग शिष्टाचार भेट गरेका हुन्।

भेटका अवसरमा अर्थमन्त्री पौडेलले नवनियुक्त गभर्नरलाई हार्दिक बधाइ दिँदै सफल कार्यकालको शुभकामना दिएका थिए। उनले वित्तीय नीति र मौद्रिक नीतिबीच समन्वय गर्दै अघि बढ्नुपर्नेमा जोड दिँदै, गभर्नर पौडेल अर्थतन्त्रका चुनौती समाधानमा प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे।

गभर्नर डा. पौडेलले अर्थ मन्त्रालयले देशको आर्थिक नीति निर्माण गर्ने र नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत त्यसको कार्यान्वयनमा सहयोग पुर्‍याउने बताए। साथै, उनले वित्तीय क्षेत्रको सुदृढता र प्रभावकारिताका लागि राष्ट्र बैंकको सुपरीवेक्षकीय क्षमता अभिवृद्धिमा ध्यान केन्द्रित गर्ने प्रतिबद्धता जनाए।

शुभकामना कार्यक्रमका अवसरमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी, अर्थ सचिव घनश्याम उपाध्याय, राजस्व सचिव दिनेशकुमार घिमिरे लगायतका उपस्थिती थियो। उपस्थित सबैले गभर्नर डा. पौडेललाई सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए।

प्रतिक्रिया
सम्बन्धित समाचार