नुवाकोट, ११ साउन । नुवाकोटमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार तादी गाउँपालिका-६ स्थित गाडेपानी भिरबाट लडेर सोही ठाउँस्थित होर्सन चौर बस्ने
१७ वर्षीया सरिता तामाङको आइतबार दिउँसो मृत्यु भएको हो ।
बाख्रा चराउन जाने क्रममा अचानक चिप्लिएर करिब ५ सय मिटर तल लड्दा उनको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले बताएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया
सम्बन्धित समाचार