३१ असार काठमाडाै । चन्द्रागिरिकाे गुर्जुधारमा ट्रककाे ठक्करबाट एक जनाकाे ज्यान गएकाे छ ।
गुर्जुधारा स्थित यातायात व्यवस्था कार्यालय जाने वाटाे नजिक सुतुङ्गलबाट थानकोट जाँदै गर्दा साेही दिशा तर्फ जाँदै गरेकाे स्कुटरलाई ठक्कर दिदा एक महिलाकाे ज्यान गएकाे हाे ।
महानगरीय प्रहरी बृत्त थानकोटका अनुसार ना ८ ख १९८९ नम्बरको ट्रककाे ठक्करबाट प्रदेश नम्बर ३काे ०२-००७ प ८४५ नम्बरको स्कुटमा सवार महिलाकाे मृत्यु भएकाे छ ।
प्रहरीका अनुसार मृत्यु हुनेमा धादिङ ज्वालामुखी गाउँ पालिका २ घर भई बलम्वु १२ हरियाली बस्ने वर्ष ३१ कि जमना कार्कीकाे सहिद मेमोरियल अस्पताल कंलकीमा उपचार काे क्रममा निधन भएकाे अस्पताल स्राेतले बतायाे ।
ठक्कर दिने सवारी र सवारी चालक जिल्ला सुनसरी लाैकी गापा ६ घर हुने वर्ष २९ काे युकलाल ऊराै महानगरीय प्रहरी बृत्त थानकोटकाे नियन्त्रणमा रहेकाे छ ।
भोटेकोशी बाढी-पहिरो: राहत सामग्री ढुवानीमा मनोमानी भाडा असुली, गैरजिम्मेवार व्यवसायीलाई कारबाही गर्ने महासंघको चेतावनी
नागढुङ्गा सुरुङमार्ग उद्घाटनः राष्ट्रिय अध्यक्ष बानियाँलाई नै बेवास्ता, महासङ्घद्वारा असन्तुष्टि व्यक्त