काठमाडाैं । हिजाे गृह मन्त्रालय नेपालले एक धम्कीपूर्ण विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जालमा नकारात्मक टीकाटिप्पणी गरे कडा कार्वाही गर्ने जनाएकाे छ ।
हालैका दिनमा मित्रराष्ट्रहरूकाे सहयाेगमा संचालित विकास अायाेजना, त्यँहा कार्यरत कर्मचारी विदेशी नागरिकहरूकाे बारेमा संचार माध्यम र सामाजिक सञ्जालमा नकारात्मक टीकाटिप्पणी गरे कानून बमोजिम कडा कार्वाही गर्ने बताएकाे छ ।
सरकारका सह-सचिव फणिन्द्रमणी पोखरेलले जारी गरेकाे हस्ताक्षरित विज्ञप्तीमा भनिएकाे छ, विकासका अायाेजना कार्यान्वयनमा असुरक्षा महशुस हुने तथा मित्रराष्ट्रहरूसंगकाे सम्वन्धमा अाच अाउने कुनै पनि गतिबिधी नगर्न नगराउन गृह मन्त्रालय नेपालले अनुराेध गरेकाे छ ।
साथै मित्रराष्ट्रहरूकाे सहयाेगमा संचालित विकास अायाेजना, त्यँहा कार्यरत कर्मचारी विदेशी नागरिकहरूकाे बारेमा संचार माध्यम र सामाजिक सञ्जालमा नकारात्मक टीकाटिप्पणी गर्ने धम्कीपूर्ण अभिव्यक्ति दिने गतिविधिहरू प्रति नेपाल सरकारकाे गम्भीर ध्यानाकर्षण भएकाे विज्ञप्तीमा उलेख गरिएकाे छ ।
यस्ता अभिव्यक्ति दिने गतिविधिहरूकाे मन्त्रालय सूक्ष्म रुपमा निगरानी राख्ने र त्यस्ता गतिविधि गर्ने उपर कानून बमोजिम कडा कार्वाही गर्ने समेत जनाएकाे छ ।
