काठमाडौ असोज ३प्रवासि नेपालीहरुकाे छाता संगठन गैरआवासीय नेपाली संघ (एनआरएनए) द्वारा आयोजना गर्न लागेको दोस्रो विश्व ज्ञान सम्मेलनकाे अन्तिम तयारि पूरा भएकाे छ ।
आगामी अक्टोवर ९, १० र ११ (असोज २३, २४, २५) तीन दिनसम्म चल्ने भर्चुअल सम्मेलन प्रधानमन्त्री केपि ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेकाे छ ।
सम्मेलनमा संयुक्त राष्ट्र संघअन्तरर्गतको विश्व खाद्य संगठन, आइएलओलगायत इसिमोड, एसियाली विकास बैक, राष्ट्रिय योजना आयोग र विश्व बैंकमा कार्यरत विज्ञहरुले आ–आफ्नो कार्यपत्र प्रस्तुत गर्ने छन् ।
नेपाल सरकारका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली विषेश अतिथिको रुपमा उपस्थित हुने सो सम्मेलनमा गैरआवासीय नेपाली विज्ञबाहेक साइप्रस, अमेरिका, बेलायत,चीन, जापान,फिनल्यान्ड,अष्ट्रेलिया,नर्वे,नेदरल्यान्ड,क्यानाडा,भारत,सिंगापुर,श्रीलंका,फ्रान्स,जर्मनी,दक्षिण कोरियाका वैज्ञानिकहरु सहभागी हुने भएका छन् ।
विदेशमा रहेका र विदेशबाट फर्किएका नेपालीको ज्ञान, सीप र बौद्धिकतालाई नेपालको विकास एवं समृद्धिका लागि प्रयोगमा ल्याउन दुई वर्षअघि विश्व ज्ञान सम्मेलन आयोजना गर्न सुरु गरिएको थियो ।
संयुक्त राष्ट्रसंघको दिगो विकासको लक्ष्य र नेपाल सरकारको १५ औँ पञ्चवर्षीय योजना, कोरोना महामारीपछि नेपालको अर्थतन्त्र, कोरोनाले नेपालमा पारेको प्रभाव र कोरोनापश्चात विश्वभर चालिएका कदम र नेपालले अवलम्बन गर्नुपर्ने रणनीतिका केन्द्रित हुने सम्मेलन आयोजक समितिले जानकारी दिइएकाे छ ।
एनआरएन र नेपाल सरकारको सहकार्यमा हुन लागेको यो सम्मेलनमा चार प्लेनरी सेसन र १५ सिम्पोसियम सेसनको आयोजना हुने सम्मेलन आयोजक समितिकाे पुर्वतयारि छ ।