• ट्रेण्डिङ :

गोकर्णेश्वरको शंखडोलमा महेन्द्रा निसानकाे ठक्करबाट पैदल यात्रीको घटनास्थलमामै मृत्यु

गोकर्णेश्वरको शंखडोलमा महेन्द्रा निसानकाे ठक्करबाट पैदल यात्रीको घटनास्थलमामै मृत्यु

cnewsnepal

शुक्रबार, साउन १५ २०७८
पढ्न लाग्ने समय: < १ मिनेट


१५ साउन काठमाडौं । महेन्द्राकाे निसानकाे ठक्करबाट पैदल यात्रीको घटनास्थलमामै मृत्यु भएको छ ।

गोकर्णेश्वर नगरपालिका वडा नं ९ शंखडोलमा महेन्द्राकाे निसानले ठक्कर दिंदा एक जना पैदल यात्रीको घटनास्थलमामै मृत्यु भएको हाे ।

बा ४ ख १०२२ नम्बरको निसानले पैदल यात्रीलाई ठक्कर दिएकाे थियाे ।

घटना पश्चात उक्त गाडीलाइ आक्रोशित स्थानीयले तोडफोड गरेका छन् ।

दुर्घटनामा रामेछाप घर भई गोकर्णेश्वर बस्दै आएका ३० वर्षीय राजन खड्काको मृत्यु भएको छ।

दुर्घटनालगत्तै उनलाई प्रहरीले उपचारका लागि एनएमसी अस्पताल पुर्‍याएको थियो। त्यहाँ पुर्‍याउँदा चिकित्सकले उनको मृत्यु भइसकेको घोषणा गरेका थिए।

प्रहरीले चालक र ट्रकलाई नियन्त्रणमा लिएको छ। चालकको नाम खुलेको छैन।

घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । (तस्बिर स्राेत कपन अन्लाईन )

प्रतिक्रिया
सम्बन्धित समाचार