• ट्रेण्डिङ :

गोरखाको फूलपाती यसरी भित्र्याइयो हनुमान ढोकामा

गोरखाको फूलपाती यसरी भित्र्याइयो हनुमान ढोकामा

cnewsnepal

शनिबार, असोज १८ २०७६
पढ्न लाग्ने समय: < १ मिनेट


गोरखा दरबारबाट पठाइएको फूलपाती शनिबार साँझ काठमाडौंको हनुमानढोकामा भित्र्याइएको छ।शनिबार बिहान ९ बजे बा २० च ४३९४ नम्बरको गाडीमा राखेर गोरखा दरबारका पूजारी लोकनाथ भट्टराईले फूलपाती हनुमानढोका ल्याएका हुन्।

साइतअनुसार शनिबार साँझ नै हनुमानढोकामा फूलपाती भित्र्याइएको दरबार हेरचाह अड्डाले जनाएको छ।गोरखा दरबार र गोरखा पर्यटन विकास केन्द्रको सहकार्यमा फूलको डोली लिएर पूजारी लोकनाथ भट्टराई हनुमानढोका आएका थिए।

गोरखाका पूजारी भट्टराईले साँझ हनुमानढोकाका पूजारीलाई फूलपातीको डोली हस्तान्तरण गरेपछि हनुमानढोकामा फूलपाती हर्षबढाइका साथ भित्र्याइएको छ।

यसै सन्दर्भमा, सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ गरिएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा फूलपाती बढाइँ गरिएको हो। बढाइँ कार्यक्रममा नेपाली सेनाले राइफल र तोपको साथै मार्चपास गरेका थिए। सेनाको बढाइँ टोलीबाट इज्जत अर्पण कवाज, कवाजमा भाग लिएका विभिन्न गुल्मद्वारा बढाइँ, मार्चपाससहितको बढाइँ र षट्कोण चिन्हबाट बढाइँ प्रस्तुत गरिएको थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार