काठमाडौं ।कर्णाली प्रदेश प्रहरी गणमा कार्यरत एक प्रहरी जवान गोली कन्चटमा आफ्फैलाई गाेली हानि आत्म हत्या गरेका छन् ।राती गाेली पड्केकाे आवाज सुनिएकाे र गाेली लागेको अवस्थामा एक प्रहरी जवान मृत फेला परेका हुन् ।
दार्चुला घर भएका प्रहरी जवान कवीन्द्र विक मृत भेटिएका प्रहरीले जनाएको छ । उनको कन्चटमा गोली लागेको छ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार गए राति २ बजेर ५६ मिनेटमा उनको शव फेला परेको बताएको छ ।
प्रहरीका अनुसार मृत भेटिएका प्रहरी जवान विकको शव पोस्टमर्टमका लागि कर्णाली प्रदेश अस्पतालमा राखिएको छ।
घटनाबारे प्रहरीले अनुसन्धान सुरू गरिएको जनाएको छ।
प्रहरी जवान कविन्द्र राम विकले एस.एल. आर राईफलले आफ्नै कन्चटमा गाेली हानेकाे स्राेतले जानकारी दियाे । जवान बिक २०७४ मा प्रहरी सेवामा कार्यरत थिए । उनकाे जागिर अबधि ५ वर्ष ३ महिना पुगेकाे थियाे । उनले के कारणले गाेली हाने भन्ने विषय अनुसन्धानवाट खुल्ने छ ।