१ चैत्र काठमाडौं । चक्रपथ सरसफाई अभियान १३७ औं हप्तामा पुगेकाे छ ।
ग्रिन एण्ड क्लिन आशिका फाउन्डेसले साप्ताहिक रूपमा सुरू गर्दै अाएकाे चक्रपथ सरसफाई अभियानको १३७ औं हप्तासम्पन्न भएकाे हाे ।
बिश्वमा महामारी को रुपमा फैंलिएको कोरोना भाइरस अर्थात कोभिड १९ बाट कसरी आफू र अफ्नो समाजलाई सुरक्षित राख्ने भन्ने बिषयमा जनचेतना मुलक कार्यक्रम गरिएको थियो ।
कार्यक्रम मा शुभेक्ष आन्तराष्ट्रिय अस्पतालका निर्देशक डा होम प्रसाद अधिकारी ले कसरी यो रोग लाग्न नदिन र रोग लागेमा कसरी होम क्वारेन्टाइनमा बस्ने भन्ने बिषयमा जानकारी दिए ।
चक्रपथ सरसफाई अभियान का संयोजक तारा बहादुर कुँवर ले यो रोग बाट समाजमा नकारात्मक असर परेको र त्यस्ता हल्लाको पछी नलाग्न आग्रह गरे ।
प्रतिक्रिया
सम्बन्धित समाचार