१६ फागुन,काठमाडौ । चन्द्रागिरि नैकाप विद्या मन्दिर स्कुल माेडमा अटाे भल्टिदा ४ जना घाईते भएका छन् ।
दहचाेकबाट कंलकी तर्फ जाँदै गर्दा अटाे पल्टिँदा ४ जना घाईते भएका हुन् ।

प्रहरी प्रभाग नैकापका अनुसार घाईते हुनेमा चन्द्रागिरि १ दहचाेक वर्ष १७ का विमर्शराज गिरी दहचाेक १ वस्ने वर्ष १८ सन्जिव राई, वर्ष १८ अंकत पाेखरेल, भाेजपुर घर भई काठमाडौं चन्द्रागिरि १ बस्ने बिनाेद तामाङ घाईते भएका छन् ।
घाईतेहरूकाे अहिले उपचारका लागि सहिद मेमोरियल अस्पताल कंलकी लगिएकाे छ । घटना विहान ६ :१५ बजे भएकाे नैकाप प्रहरीले जनाएको छ । दुर्घटना पश्चात् चालकलाई कंलकी ट्राफिकले नियन्त्रणमा लिएकाे छ ।
दहचाेकबाट गुर्जुधारामा बस नचल्दा र पुल नबन्दा दहचाेक,बलम्वु बासी सास्ती व्यहोर्नुपर्ने अवस्था रहेकाे स्थानीयहरू बताउछन् । पटक पटक दुर्घटना हुदा स्थानीय निकाय माैन छ ।