काठमाडौंको चन्द्रागिरि नगरपालिकाले ६ रंगका झोलामा फोहोर वर्गीकरण गर्ने योजनमा बालुवामा पानी हाले झै भएको छ । नगरपालिकाले छुट्टाछुट्टै रंगको झोलामा फोहोर वर्गीकरण गर्ने योजना स्टनवाजी मात्र भएको स्थानियहरुले आरोप लगाएका हुन् ।
चन्द्रागिरि नगरको शुन्य फोहोर अवधारणालाई साकार पार्न उक्त निर्णय कायान्वयन हुन सकेको छैन् । कालो झोलामा कुहिने फोहोर, रातो झोलामा सिसा र सिसाजन्य फोहोर, हरियो झोलामा प्लास्टिकजन्य फोहोर, सेतो झोलामा कागजजन्य फोहोर छुट्याउन भनिएको थियो ।
फलामलगायत कबाडीजन्य फोहोर नीलो झोलामा र स्यानिटरी प्याड, डाईपरलगायत पहेँलो झोलामा राखिदिन नगरपालिकाले अपिल गरेको थियो । भदौ १ गतेबाट फोहोर वर्गीकरण नगर्नेलाई कारबाही गर्ने चेतावनीसमेत नगरले दिएको थियो तर कायान्वयन शुन्य हुन नगरपालिका संयन्त्रको कमजोरीरहेको चन्द्रागिरिनगरपालिका स्थानिहरु बताउछन् ।
उक्त रंगका झोलाहरु वडा कार्यालय र टोल सुधार समितिमार्फत निःशुल्क उपलब्ध गराइने भनेता पनि त्यो कायान्वयन हुने कुनै छाट छैन ।