• ट्रेण्डिङ :

चन्द्रागिरिमा शंकास्पद वस्तु फेला

चन्द्रागिरिमा शंकास्पद वस्तु फेला

cnewsnepal

बिहिबार, भाद्र ६ २०८१
पढ्न लाग्ने समय: < १ मिनेट


काठमाण्डौको चन्द्रागिरि नगरपालिकामा शंकास्पद वस्तु फेला परेको छ। विहिवार विहान चन्द्रागिरि नगरपालिका १२ बलम्वु स्कुल नजिकै रहेको एक घरको आगनमा शंकास्पद वस्तु फेला परेको हो ।

बिहान बलम्वु नजिकै प्रेसर कुकर बम भेटिए खबर पाएपछि प्रहरी प्रभाग बलम्वुका प्रहरी निरीक्षक उपेन्द्र प्रसाद आचार्यको टोली घटना स्थल पुगेको छ । प्रहरी प्रभाग बलम्वुका प्रहरी निरीक्षक उपेन्द्र प्रसाद आचार्यले विहान ८ बजे प्रहरीलाई शंकास्पद वस्तु फेला परेको जानकारी आयो झोलामा प्रेसर कुकर जस्तो देखिने बस्तु रहेछ हामीले सवै नागरिकहरुलाई सुरक्षित स्थानमा जान भनेका छौ ।

 

घटना स्थलमा नेपाली सेनाको बम डिस्पोजल टोलीलाई खबर गरी सकेको र नेपाली सेना आउदै गरेको प्रहरीले जानकारी दिएको छ ।शंकास्पद वस्तुको विष्गायमा अनुसन्धान भइरहेको प्रहरी निरीक्षक आचार्य बताए । शंकास्पद वस्तु फेला परेको स्थान नजिकै चन्द्रागिरि १२ को वडा कार्यालय नजिकै रहेको छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार