९ असाेज,काठमाडौं । चन्द्रागिरि नगरपालिकाका वडा नम्बर ३ काे नव निर्मित भवन उद्घाटन कार्यक्रम सम्पन्न भएकाे छ । 
नगर प्रमुख घनश्याम गिरीद्वारा ताम्रपत्र अनावरण गरि वडा नम्वर ३ को नव निर्मित वडा भवनको उद्घाटन कार्य सम्पन्न भएको हाे। 
कार्यक्रममा बोल्दै नगर प्रमुख गिरीले नगरपालिकाले बिनियोजित गरेको बजेटबाट छिटो छरितो रूपमा आकर्षक वडा भवन निर्माण पश्चात् अाम नागरिकहरूकाे सेवा छिटो र छरितो ढङ्गले सम्पन्न हुने बिश्वास व्यक्त गरे । 
नगर प्रमुख गिरीले नगरपालिकाको पनि आफ्नै प्रशासनिक भवनको निर्माण कार्य अन्तिम चरणमा पुगेको पनि जानकारी गराउदै, राजमार्गमा सडक बत्ती जडान कार्य हुँदै गरेको र थप भित्री बाटोहरुमा बत्ती र सि सि क्यामेरा जडान कार्य पनि यही आर्थिक बर्षमा गरिने कुरा बताए ।

नगरपालिकाद्वारा बिनियोजित बजेट र अन्य सहयोगी ब्यक्ति तथा संघ संस्थाको सहयोगमा उक्त निर्माण कार्य सम्पन्न भएको निर्माण उपभोक्ता समितिका अध्यक्ष सिद्धी लाल महर्जन बताए । 
कार्यक्रममा वडा नं ३ का वडा अध्यक्ष दुर्गालाल महर्जनले
वडामा सबै टोल टोलमा उज्यालो वडा अभियान अन्तर्गत सडक बत्ती जडान कार्य पनि अन्तिम चरणमा रहेको र वडाले खरिद गरेको एम्बुलेन्स पनि छिटै वडाको मातहतमा आई सञ्चालनमा आउने बताए । 
कार्यक्रममा नगर उप प्रमुख लिशा नकर्मी,विभिन्न वडाका वडाअध्यक्ष र वडा सदस्य, नगरपालिकाका शाखा प्रमुख महानगरीय प्रहरी बृत्त थानकोटका प्रमुख माेहनबहादुर खाँण लगायतको उपस्थिति रहेको थियो। 
कार्यक्रममा वडाकाे भवनमा सञ्चालन गरिएको अस्थायी आइसोलेसन सेन्टरमा सेवा दिने स्वास्थ्यकर्मि स्वयंसेवक का साथै अर्थिक तथा भौतिक सहयोग गर्ने ब्यक्ति तथा संघ संस्थालाई कदर पत्रका साथ सम्मानित गरिएकाे थियाे ।