साउन ७ काठमाडौं । चन्द्रागिरि ब्याडमिन्टन क्लबले काठमाडौंको चन्द्रागिरि नगरपालिकामा रहेको मातातीर्थ वृद्धाश्रमलाई विभिन्न सामग्री सहयोग गरेको छ।
क्लबको चौथो स्थापना दिवसका अवसर पारेर क्लबका अध्यक्ष राजकुमार पोखरेलको अगुवाइमा वृद्धा आश्रमका सदस्य धर्म महर्जनलाई ब्लांकेट, मास्कका साथै अन्य विभिन्न स्वास्थ्य तथा सरसफाइ सामग्री हस्तान्तरण गरिएको हो। सामग्री हस्तान्तरण कार्यक्रममा क्लबका उपाध्यक्ष धर्मराज घिमिरे, सचिव मनोहरविक्रम कुँवर, कोषाध्यक्ष सन्तोष पन्थ, सल्लाहकार नारायणप्रसाद सिग्देललगायत सदस्य तथा खेलाडीको उपस्थिति थियो।
क्लबका अध्यक्ष पाेखरेलले खेलकुदका अलवा सामाजिक रूपान्तरणमा समेत सकृय भएकाे बताए । अध्यक्ष पाेखरेलले भने,” हामीले चन्द्रागिरि नगरपालिकाका एक खेलाडीको उपचारार्थ पनि क्लबले आर्थिक सहयोग गरेको छाै,हामीले खेलाडीको उपचारार्थ राहत कोष स्थापना गर्ने योजना गर्ने छ र सवै ईछुक सुभचितकहरूकाे साथ र सहयोग प्रदान गर्ने सक्ने छन् । 
अध्यक्ष पोखरेलका अनुसार चन्द्रागिरि नगरपालिकाबाट केही वर्षमा ब्याडमिन्टनका राष्ट्रिय खेलाडी उत्पादन गर्ने लक्ष्य क्लबको रहेको छ।